सांकेतिक तस्विर

जनकपुर, भदौ १७ – सिरहामा माओवादीका युवा नेतालाई गोली प्रहार गरी फरार भएका एक अभियुक्तलाई सात महिनापछि प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको हतमुण्डाका २२ वर्षका विष्णुदेव सहनीलाई जिल्ला प्रहरी कार्याय धनुषाको क्राइम ब्राञ्चको टोलीले शनिबार बिहान पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सहनीसहित पाँचजनाको समूहले २०७३ साल फागुन १ गते सिरहाको मिर्चैयाका  नेकपा माओवादी केन्द्रका स्थानीय युवा नेता मोहम्मद लालु खानलाई गोली प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घटना पश्चात उनीहरु फरार भएका थिए । सहनी प्रहरीको आत्यधिक खोजीको सूचिमा थिए ।

पक्राउ परेका सहनीलाई थुनामा राखेर अनुसन्धान भइरहेको र उनलाई ईलाका प्रहरी कार्यालय मिर्चैया पठाउने जिल्ला प्रहरी कार्यालय धनुषाले तयारी गरी रहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here