साजन परियार, पर्वत । नेपाली काँग्रेस पर्वत क्षेत्र नम्बर २ को क्षेत्रीय समिति वैठक बिहीवार फलेवास नगरपालिका १ कार्किनेटामा सम्पन्न भएको छ ।
वैठकले विभिन्न निर्णय गरेको छ । बिहीवार वसेको वैठकले रित्त रहेको क्षेत्रीय उपसभापतिमा विहादी गाउँपालिका १ वाच्छाका भीमवहादुर खड्कालाई मनोनयन गरेको छ । त्यस्तै महाशिला १ होश्राङदीका धर्मराज भुसाललाई सचिवमा र सहसचिवमा फलेवास ७ का कमला तिमिल्सीना सिर्जना, सदस्यमा पैयुँ गाउँपालिका ४ हुवासकालाई मनोनित गरिएको छ ।
सर्वसहमतीमा रित्त रहेका पदमा उहाँहरुलाई मनोनयन गरिएको क्षेत्रीय सचिव सुमन तिवारीले जानकारी दिनुभयो । वैठकले भदौ २७ गतेभित्र पार्टि जागरण अभियान सञ्चालन गर्ने पनि निर्णय भएको छ । त्यसका लागि ३/३ जना प्रतिनिधीहरुलाई खटाउने निर्णय भएको छ । चुनावी माहोल सिर्जना गर्नका लागि गाउँ जागरण अभियान सञ्चालन गर्ने जनाइएको छ ।
पार्टिका कार्यकर्ताहरुलाई उर्जाशिल वनाउन जिल्ला कार्यसमितिको समन्वयमा प्रशिक्षण अभियान सञ्चालन गर्ने समेत आजको वैठकले निर्णय गरेको तिवारीले जानकारी दिनुभयो ।
प्रशिक्षण फलेवासमा थापाठाना र देविस्थानमा,महाशिलाको लुँखुमा, विहादीको रानीपानी, पैयुँको हुवासमा गर्ने, मतदाता नामावलीलाई प्रभावकारी गराउने पनि वैठकमा निर्णय भएको छ ।