२६ साउन पर्वत । नेपाली काँग्रेसका क्रियाशिल सदस्य तथा कृषि विकास बैंक शाखा कुश्माका लेखापाल स्वर्गिाय दिपेन्द्र शर्मा गौडेलको १३ औँ दिनको पुण्य तिथीको अवसरमा आज पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेपाली काँग्रेस वडा कार्य समिति मुडिकुवाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेसका पर्वतका महासमिति सदस्य तथा पूर्व सभापति नवराज गुरुङ, अर्का महासमिति सदस्य राधाकुवँर क्षेत्री, धनेश्वर रेग्मी,कृष्ण शर्मा गौडेल,लक्ष्मी शर्मा गौडेल,बुद्धि सुवेदी लगायतले स्वर्गिाय गौडेलको योगदानको चर्चा गर्नुभएको थियो ।
नेपाली काँग्रेस फलेवास नगरपालिका–४ मुडिकुवाका सभापति पुनखर गौडेललको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन रघुनाथ गौडेल सागरले गर्नुभएको थियो ।








