
२१ साउन काठमाडाै,
चिकित्सा शिक्षा र सेवा सुधारका लागि अनसनरत डा. गोविन्द केसीको समर्थनमा राजधानीमा आज वृहत जनप्रर्दशन हुँदैछ ।
११ औं पटकको अनसन १३ आंठाै दिन सम्म जारी रहँदा समेत सरकार र सरोकारवाला निकायले समस्या समाधानमा चासो नदिएको भन्दै दवाव स्वरुप प्रर्दशन गर्न लागिएको नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएसनका सचिव डा. अमितकुमार यादवले जानकारी दिनुभयो ।
माईतीघरबाट मध्यान्ह १२ बजे भेला भएर बानेश्वरमा पुगी दवावका लागि कोणसभा गरिने यादवको भनाई छ । भेलामा चिकित्सकका साथै, नागरिक समाजका प्रतिनिधि, विवेकशिल साझा पार्टीका साथै विद्यार्थीहरु स्वस्फुर्त रुपमा सहभागी हुँदैछन् ।
पछिल्लो समय सरकारी वार्ता टोलीसंग पनि वार्ता हुन सकेको छैन । प्रमुख ३ दलका शीर्ष नेताले अनसन फिर्ता लिन डा. केसीलाई आग्रह गरेपनि समस्या समाधानमा ठोस धारणा बनाउन सकेका छैनन् ।
यसैबीच १३ औं दिनको अनसन जारी रहँदा डा. केसीको स्वास्थ्य अवस्था भने जटिल बन्दै गएको छ । उहाँका मांसपेशीहरु समेत चल्न छाडेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
एमाले नेता तथा पूर्वमन्त्रीहरू राजेन्द्र पाण्डे र वंशीधर मिश्रको नेतृत्वमा काठमाडौंमा सञ्चालित मनमोहन चिकित्साविज्ञान प्रतिष्ठानले मेडिकल कलेज चलाउने आशय पत्र पाएको भए पनि कलेज चलाउने स्वीकृति भने पाएको छैन। यो प्रतिष्ठानलाई मेडिकल कलेज चलाउन दिनुपर्ने माग एमाले नेता तथा सांसदहरूको छ। पाण्डे र मिश्रसँगै दर्जनौं एमाले सांसदहरूको यो प्रतिष्ठानमा लगानी छ।
डा.केसी आठौंपटक अनसन बसेका बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री थिए। उनकै सरकारले डा.केसीसँग सम्झौता गर्दै मनमोहन चिकित्साविज्ञान प्रतिष्ठान वीर अस्पतालले किन्ने सम्झौता गरेको थियो। हिजाेको बैठकमा बोल्दै ओलीले धारा १२ र १३ मा डा.केसीले भनेजस्तो संशोधन हुन नसक्ने अडान लिए। अाफु प्रधानमन्त्री हुदा गरेकाे संझाैता अाेलीले विर्सेका छन् ।
फाइल तस्विर







