१५ भाद्र शिवराज शर्मा फलेवास पर्वत चौतर्फी विकास श्रोत मञ्च पर्वत द्धारा स्थानिय शासन तथा सामूदायिक विकास कार्यक्रम र साविकको जिल्ला विकास समिति पर्वतको साझेदारीमा संचालित कार्यक्रमको आ.व. ०७३\०७४ को प्रगति समिक्षा गर्ने कार्य सम्पन्न भएको छ ।

फलेवास नगरपालिकाका प्रमूख पदमपाणी शर्माको अध्यक्षतामा संपन्न भएको उक्त कार्यक्रममा स्थानिय शासन तथा सामूदायिक विकास कार्यक्रमले विगत वर्षमा सम्पन्न गरेका गतिविधिहरुको वारेमा ११ जना सामाजिक परिचालकले प्रगति पेश गरेका थिए ।

आ.व ०७३\०७४ मा भूकम्पको डेटा अनूगमन,सामाजिक सूरक्षा भत्ता डेटा अध्यावधिक,दलित वालवालिका पोषण भत्ता वितरण,स्थानिय तह निर्वाचनमा मतदाता शिक्षा संचालन,छुट भएका मतदाताहरुको नामावली अध्यावधिक,वस्ती स्तरको योजना तर्जुमा,विपन्न,दलित जनजातीहरुको गरिवीमापन गरि सचेतना केन्द्र गठन र परिचालन,वडा नागरिक मञ्चको मासिक वैठक संचालन,सचेतना केन्द्रमा आयआर्जनका लागी घुम्तिकोष परिचालन लगायतका कार्यहरु गरेको सामाजिक परिचालकहरुले वताएका थिए ।


कार्यक्रममा फलेवास नगरपालिकाका प्रमूख पदमपाणी शर्माले चौतर्फी किास श्रोत मञ्च पर्वत मार्फत विगत आ.व.०७३,०७४मा सम्पन्न गरेका गतिविधिहरु उल्लेखनिय रहेको धारणा व्यक्त गरेका थिए । विगतमा जनप्रतिनिधिहरु नभएको अवस्थामा स्थानिय शासन तथा सामूदायिक विकास कार्यक्रमले महत्वपूर्ण सहयोग पूयाएको चर्चा गर्दै अव परिस्कृत अवस्थामा फरक ढंगले संचालन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । सथनिय सेवा प्रदायक संस्था चौतर्फी विकास श्रोत मञ्च पर्वतले संपन्न गरेका सामाजिक विकाका कार्यहरुको प्रशंसा गर्दै अव फलेवास नगरमा पनि सेवा प्रदायक संस्था चौतर्फी विकास श्रोत मञ्चले उल्लेखनिय कार्य गर्न शूभकामना दिएका थिए ।

उक्त कार्यक्रम फलेवास नगरपालिकाका कार्यकारी अधिकृत मोती सापकोटाको संचालन र कार्यक्रम वारे प्रकाश चौतर्फी विकास श्रोत मञ्च पर्वतका कार्यकारी प्रमूख गणेश वहादुर क्षेत्रीले गरेका थिए । कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष दिपक पौडेल, संस्थाका कार्यक्रम संयोजक रमेश शर्मा लगायतको उपस्थिति रहेको थियो । स्थानिय शासन तथा सामूदायिक विकास कार्यक्रम फलेवास नगरपालिकामा ४ महिना संचालन गर्ने गरि संझौता समेत भएको कार्यक्रम संयोजक रमेश शर्माले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here