११ भाद्र कूश्मा पर्वत कूश्मा नगरपालिका वडा नं ९ को पाटेश्रवरी मन्दिर नेर दुई फ्रेजको विजूलीको नाङ्गो तार चुडिने अवस्थामा रहेको छ । विद्यूत प्राधिकरण कूश्मा शाखाले समयमा मर्मतका लागी ध्यान नपू-याउदा कति वेला उक्त नाङ्गो तार चुडिएर पाटेश्रवरी मन्दिर दर्शन गर्न जाने भक्तजनहरु तथा स्थानिय वासिन्दाहरुलाई करेन्ट लाग्ने हो भन्ने त्रासमा रहेका छन् ।

स्थानिय वासिन्दा विष्णू अधिकारीले भने यो विद्यूत प्राधिकरणको लापारवाही हो । हामीले जानकारी गराउदा समेत मर्मतका लागी कूनै कर्मचारी आएका छैनान् । अव पून ताकेता गरि मर्मत गर्न लगाउने हो । त्यति वेला पनि मर्मतका लागी कूनै कर्मचारी नआएमा स्थानिय सवै डेलिगेशन गएर भए पनि मर्मत गर्न लगाउदछौं उनले भने।

विद्यूत महशूल एक दिन नतिरे जरिवना लगाउने विद्यूत प्राधिकरण यस्तो जोखिम पूर्ण अवस्थामा हुदा पनि तार मर्मत नगर्नू हदै सम्मको लापारवाहि हो । उक्त क्षेत्रमा कूश्मा ज्ञादी अग्लो झोलूङ्गे पूल हेर्न आउने आन्तरीक तथा वाह्यय पर्यटकहरु गई पाटेश्वरी मन्दिर दर्शन गर्ने स्थान पनि हो । समयमा नै उक्त विजूलीको नाङ्गो तारलाई मर्मत नगरेमा कूनै पनि वेला तार चुडिन गई ठूलो मानविय क्षती हून सक्ने संभावना रहेको छ ।