१० भाद्र उत्तम अधिकारी वाजङ,पर्वत हरितालिका तीजको अवसरमा रोट्रयाक्ट क्लव अफ पर्वत पोखराद्वारा आयोजित वाजुङ्ग तीज मेला सम्पन्न भएको छ ।   क्लवले परम्परा देखि हुँदै आएको तीज मेलालाई पहिलो निरन्तरता दिई संस्कृतिलाई संरक्षण गरेको छ भने तराईमा आएको वाढी र डुवानवाट प्रभावित जनतालाई राहत  संकलन गरेको छ । क्लवको यस किसिमको कार्यक्रमको पहिलो अनुभव भएकाले सुधार गर्नुपर्ने पक्ष रहेता पनि कार्यक्रम सह्रानीय रहेको छ ।

मेलालाई नेष्डो नेपाल, इनरह्वील क्लव अफ पर्वत, वाजुङ्ग पोखरा आमा समूह, नुमना होम डेकोर लगायतका संस्थाले सहयोग गरेको थिए । मेलाको शुभारम्भ कार्यक्रम क्लवका संस्थापक अध्यक्ष रो. सुदिप प्रसाईको अध्यक्षता, रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष रो. विश्व प्रकाश प्रसाईको प्रमुख आतिथ्यता, मोदी–५ का अध्यक्ष श्री दल वहादुर मल्ल, रोट्रयाक्ट डिष्ट्रिक–३२९२, जोन चारका जेडआरआर रो. दिपेन्द्र घिमिर र नेष्डो नेपालका अध्यक्ष श्री रत्न प्रसाद अधिकारीको विशिष्ट आतिथ्यताको साथै इनरह्वील क्लव अफ पर्वतका संस्थापक अध्यक्ष श्री लक्ष्मी कुमारी मेधासी, रोट्रयाक्ट क्लव अफ पर्वतका अध्यक्ष रो. मिलन पौडेल, निवर्तमान अध्यक्ष रो. रामचन्द्र पौडेल, आरसी, वाग्लुङका अध्यक्ष रो.नविन पन्त, नेपाल महिला संघ, पर्वतका सभापति श्री जोगमायाँ प्रसाई, वाजुङ्ग पोखरा आमा समूहका सचिव सरस्वीत क्षेत्री, समाजसेवी डिल वहादुर प्रसाई लगयतको आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा ३ जना जेष्ठ आमाहरुलाई दोसल्ला, सम्मानपत्र र नगदले सम्मान गरिएको थियो भने विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त  गर्नेहरुलाई पुरस्कार वितरण गरिएको थियो भने कलाकारआरसी पौडेल, केशव सुवेदी लगायतले तिज गित गाउनु भएको थियो ।

कार्यक्रममा स्वागत क्लवका जोइन्ट सेक्रेटरी रो. अस्मिता मल्लको स्वागत एवम् रो. दिलिप वस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here