संजय रेग्मी
भदौ ७, २०७४ पर्वत – प्रहरी प्रधान कार्यालयले हालसालै १ सय ९३ जना प्रहरी नायव उपरीक्षक (डि.एस.पी.) हरुको सरुवा ग¥यो । सोही सरुवा अनुसार काज दरबन्दीमा पर्वत रहेका प्र.ना.उ. शेखर खनालको हनुमान ढोकामा सरुवा भयो भने पर्वतमा बारा जिल्लामा कार्यरत प्र.ना.उ. दिलिप घिमिरेको सरुवा भयो । डि.एस.पी. घिमिरे बुधबार नै पर्वत आउँदै छन भने खनाल मंगलबार नै बिदाई भई काठमाण्डौ गएका छन ।
डि.एस.पी. घिमिरे २०३३ सालमा ललितपुर स्थित छब्सीखेलमा जन्मिएका हुन । छब्सीखेलकै स्थायी बासिन्दा घिमिरे प्रहरी संगठनमा राम्रो छवि कमाएका व्यक्ति हुन । घिमिरे उमेरको २४ बर्ष हुँदा २०५८ सालमा प्रहरी निरीक्षक (ईन्सपेक्टर) मा खुल्ला आवेदन दिंदै प्रहरी संगठनमा प्रवेश गरेका हुन । भर्ती भएपछि १५ महिने तालिम सकाएर उनी २०५९ सालमा प्रहरी तालिम केन्द्र भरतपुरमा पोस्टीङ भए । त्यहां रहँदा तत्कालिन नियमानुसार उनी नेपाली सेनासंग यूनिफाईड कमाण्डमा रहेर झण्डै १ बर्ष काम गर्ने अवसर प्राप्त गरे । सेनासँगको यूनिफाईड समूहमा रहेकै बेला उनलाई सन २००५ मा शान्ति स्थापनार्थ हैटी जाने अवसर प्राप्त भयो । घिमिरे भन्छन, ‘साढे ७ महिनाको हैटी बसाईमा थुप्रै कुराहरु सिक्ने अवसर प्राप्त गरेँ । जसका कारण नेपाल प्रहरीले कसरी शान्ति स्थापना गर्न भूमिका खेल्न सक्छ ? भन्ने कुरा पनि सिक्न पाएँ ।’ हैटीबाट फर्किएलगत्तै प्रहरी निरीक्षक घिमिरे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा पोस्टीङ भए । त्यसपछि उनी शाही पाश्वर्ती अर्थात ए.डि.सी.को लागि झण्डै डेढ बर्षको अवधि राजदरबारमा रहेर सेवा गरे । त्यसपछि उनी महानगरीय प्रहरी प्रभाग सातदोबाटोमा र फेरि प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान बिभागमा सरुवा भए ।

बिभागमै रहेका बेला उनलाई फेरि पनि शान्ति स्थापनार्थ स्टिमर नामक देशमा जाने अवसर प्राप्त भयो र घिमिरे त्यहां झण्डै १३ महिना रहे । स्टिमरबाट फर्किएलगत्तै उनको पोस्टीङ जिल्ला प्रहरी कार्यालय गोरखामा भयो । गोरखाबाट उनी पुन प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा रहेर काम गरे । निर्देशनालयमा कार्यरत रहेकै बेलामा २०७० सालमा उनी कार्यरत पद प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा भए । डि.एस.पी. बनेपछिको उनको पहिलो पोस्टीङ लागु औषध नियन्त्रण ब्यूरो हुँदै जिल्ला प्रहरी कार्यालय धनुषामा भयो । केही समयको धनुषा बसाईपछि उनी ईलाका प्रहरी कार्यालय बुटवल हुँदै अपराध अनुषन्धान बिभागमा सरुवा भए । त्यसको केही महिनामा नै प्र.ना.उ. घिमिरेको सरुवा जिल्ला प्रहरी कार्यालय बारामा भयो । तर, उनी बारामा पनि लामो समय भने बस्न पाएनन । बारा पुगेको ३ महिनामा नै उनको सरुवा जिल्ला प्रहरी कार्यालय पर्वतमा भयो । यसअर्थमा, जिल्लाको प्रहरी प्रमुख भएर बस्ने उनको पहिलो अवसरको जिल्ला नै पर्वत बन्यो ।

उनी पारिवारिक कारणले पनि भाग्यमानी डि.एस.पी. हुन । किनकी उनकी श्रीमती बसुन्धरा खड्का पनि प्रहरी नायव उपरीक्षक नै हुन भने उनी हाल जिल्ला प्रहरी कार्यालय म्याग्दीमा प्रमुखको रुपमा रहेकी छिन । उनीहरु दुवैको बिबाह संगठनमा नै रहेको बेलामा भएको हो । ललितपुरको ठाउँमा सालमा जन्मिएकी खड्का बेसिक ट्रेनिङका क्रममा रहेकी थिईन भने घिमिरे भरतपुरमा सेनासंगको यूनिफाईड टीममा रहेका थिए । त्यही बेलामा दिलीपका एक जना साथीले आप्mनो एक जना असल साथी प्रहरीको बेसिक तालिममा रहेको र दिलिप र बसुन्धाराको जोडी राम्रो बन्ने सुझाए । साथीको प्रस्ताव घिमिरेलाई राम्रो लाग्यो त्यसपछि बसुन्धारा र दिलीप दुवै जनाले आपसमा भेटेर परिचय गरे । पछि बसुन्धारा अपराध अनुषन्धान बिभाग अन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रमा ईन्सपेक्टर र दिलीप हैटीबाट फर्किएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत रहेका बेलामा विबाह भयो । पछि २०७१ सालमा बसुन्धाराको पनि प्रहरी नायव उपरीक्षकमा बढुवा भयो । घिमिरेको सन्तानका रुपमा एक १० बर्षिय छोरा छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here