काठमाडौं, भदौ ६ – शिक्षक सेवा आयोगले भदौ १० गतेका लागि तोकेको अस्थायी शिक्षकको परीक्षा असोज ८ गतेसम्मका लागि सरेको छ ।

तराईमा आएको बाढी तथा डुवानको कारण सबै शक्ति उद्धार र राहतमा केन्द्रित गर्नुपरेकाले परीक्षा सार्न शिक्षा मन्त्रालयले आयोगलाई पत्राचार गरेपछि परीक्षा सारिएको हो । आउँदो असोज ८ गते परीक्षाको नयाँ मिति तय हुने शिक्षक सेवा आयोगले जनाएको छ ।

शिक्षा ऐनमा भएको व्यवस्था अनुसार निम्न माध्यमिक र माध्यमिक तहका तृतीय श्रेणीका अस्थायी शिक्षकलाई स्थायी बनाउन आयोगले भदौ ३ गतेका लागि परीक्षा तोकेको थियो । तर केही अस्थायी शिक्षक संगठनले विरोध गरेको र बाढी पहिरोको प्रकोप बढेको भन्दै आयोगले परीक्षा भदौ १० गतेलाई सारेको थियो ।