१ भाद्र कतार खस क्षत्री सेवा समाज कतार द्वार अप्ठ्यारो मा परेका नेपालीको उद्धार गरेकाे छ । नेपालमा केहि दिन देखी परेको अबिरल वर्षका कारण अाफ्नो बस्ने घर समेत गुमाएका अालमका परिवारको यति खेरा न मुखमा गासँ छ नत चैन नै छ गाउँ नै सखाप पारेको छ जताततै जलमग्न भएको गाउँ परिवार त्यहि माथी अाफ्नो रोजगारको पिडाले विचलिमा परेका अालमलाइ अाज कतारमा स्थापित संस्था खस क्षत्री सेवा समाज कतारको सहयोगमा घर फर्कदै छन ।
गह भरि अाशुँ मनिलो अनुहार पिरवारको विचल्लिको कथा ,दुखेसो पोख्न अालम निवेदन सहित पुगेका थिए समाजका महासचिव रामजि  खत्री र सल्लाहाकार रेशम बस्नेतले भने हामीले मन थामेर  सुनिरहका थियाै, नेपालमा गएकाे वाढीमा परेका मानिसहरूका विभिन्न तस्विरहरूले अाखाँमा अाशुँ कहिले रोकीएको छैन के गर्नु अालमको दुख पनि त्यस्तै दर्दानक रहेछ समाजका महासचिव रामजि खत्रीले भने ।
उनले अालम कतार आएको तिन महिना मात्र भएको र फिंगर प्रिन्ट (अौठाँ छाप)मा समस्या देखिए पछी बिना काम केही समय देखी भिसा अबधी रहुन्जेल सम्मा बसिरहेका अालम को अाजै मात्र फिंगर को समाधान भएता पनि श्रीमती बाढीको डुबानमा परेर सिकिस्त भए पछि उपचारका लागी भोलि दिल्ली तर्फ जाने भएका छन । श्रीमति डुबानमा परेपछि सिकिस्त बिमारी भएकी श्रीमती अाफन्तको सहारामा उनलाई उपचारका लागी दिल्ली ल्याउनु पर्ने भएकाले  दिल्ली सम्माको टिकट खस क्षत्री समाज कतारले सहयोग गरेको हो ।
अालम केहि समय का लागी भोली मध्यान्ह  ईनडिगो बिमान मार्फत दिल्ली अाफ्नो बिरामी श्रीमतीलाई भेट्न पुग्ने र उपचार पस्चात कतार फर्कने सल्लाकार बस्नेतले बताएका छन ।
जात र धर्म भन्दा माथी उठेर सबै भन्दा ठुलो धर्म मानव सेवा भएकोले आलमको सहयोग गरेको खस क्षत्री सेवा समाज कतारका महासचिव रामजी खत्रीले वताए ।