३२ साउन कूश्मा पर्वत ।
पछिल्लो समय तराई क्षेत्रका विभिन्न जिल्लामा बाढीका कारण समस्यामा परेकालाई सहयोग पुर्याउने उद्देश्यले पर्वतमा राहत संकलन अभियान चलाइएको छ।
पर्वतमा क्रियाशील राेटरी, रोट्रयाक्ट क्लब अफ पर्वत लगायतका संस्थाहरुले राहत संकलन अभियान शुरु गरेका हुन्। ती संस्थाहरुले वाल्टी प्रणालीमार्फत अत्यावश्कीय सामाग्रीहरुको संकलन गरिएको जनाएका छन् । स्थानीय व्यवसायी समाजसेवी मार्फत संकलित सामग्रीलाई बाढीले बढी प्रभावित क्षेत्रमा पुर्याउन थालिएको रोट्रर्याक्ट क्लव अफ पर्वतका अध्यक्ष मिलन सुबेदीले बताए।
उनले खाद्यान्न, लत्ताकपडा, नगद गरेर दुई लाख बराबरको सामग्री संकलन गरिएको जानकारी दिए।
सरकारले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेपछि संकलित सामग्री जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित क्षेत्रमा पठाइने राेट्रयाक क्लवका अध्यक्ष मिलन पाैडेलले जानकारी दिए ।








