मूना शर्मा लामिछाने पर्वत, साउन ३२ पर्वत जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पाचौ दिन मावि स्तरीय लोक नृत्य प्रतियोगिता संचालन गरेको छ । उक्त प्रतियोगीतामा देउपूर नमुना मा.वि.,आदर्श अंग्रेजी आवासीय मा.वि.कालीगन्डकी एकेडेमी,राष्ट्रिय वाल शिक्षा सदन,काफलचौर उ.मा.वि.नारायण उ.मा.वि,शहिद स्मारक वोर्डिङ स्कूल,शिवालय उ.मा.वि.,सार्वाजनकि मा.वि.,सुर्य प्रकाश मा.वि.,पर्वत गूरुकूल एकेडेमी,नमुना आवासिय उ.मा.वि. लगायतका विद्यालयहरुले भाग लिएका थिए ।

उक्त लोक नृत्य प्रतियोगितामा देउपूर नमुना मा.वि. प्रथम,आदर्श अंग्रेजी आवासिय मा.वि. द्धितिय र काली गण्डकी एकेडेमी तृतिय भएका छन् । सान्तवना राष्टिय वाल शिक्षा सदन मा.वि. भएको छ ।

प्रमूख अतिथिको रुपमा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरीओम शर्मा लामिछानेले कार्यक्रमको उद्घाटन गर्दै युवाहरुको संस्था पर्वत जेसिजले लोपहुदै गएका संस्कृतीहरुको जगेर्ना गर्ने क्रममा लोक नृत्य कार्यक्रमको आयोजना गरेकोमा प्रशंसा गर्नु भएको थियो । यूवाहरुको सकृयता र लगनशिलतालाई हेरेर पर्वत उद्योग वाणिज्य संघले पाचौ पर्वत महोत्सव वाट वचत भएको रकम वाट स्थापना गर्न लागेको अक्षयकोष वाट यूवा सम्मान तथा प्रोत्साहन कार्यक्रमहरु पर्वत जेसिज मार्फत सहकार्य गरेर गर्न सकिने धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा पर्वतका विभिन्न विद्यालयका प्रधानध्यापक, सञ्चालक, उद्योगी व्यवसायी, विद्यार्थी, सञ्चारकर्मी, युवा युवती लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता पर्वत जेसिजका अध्यक्ष अशोक गूरुङले गरेका थिए । कार्यक्रमको संचालन पर्वत जेसिजका महासचिव हिमाल के.सी ले गरेका थिए भने स्वागत लोक नृत्य कार्यक्रम संयोजक टूआर जि गणेश पौडेलले गरेका थिए ।