३१ साउन ,दोहा, कतार- खस क्षत्री सेवा समाज कतारको अगुवाईमा नेपालीहरु बाढी र पहिराेको कारणले आपतमा परेको भन्दैं राहात संकलन अभियान सुरु गरेका छन् ।

आइतबारबाट सुरु गरिएको राहात संकलन अभियानबाट हालसम्म नेपाली १ लाख रुपैयाभन्दा बढी संकलन भईसकेको छ ।
बैदेशिक रोजगारीको लागि कतार, इजराईल, मलेसिया लगाएतका खाडी मुलुकमा रहेका नेपालीहरुबाट आफ्नो इच्छा अनुसार स्वतस्र्फुत रुपमा सुरु गरिएको अभियानबाट नेपाली एक लाख भन्दा बढी रहम संकलन भईसकेको क्षत्री समाज बागलुङका सचिव तथा खस क्षत्री सेवा समाज कतारका आजिवन सदस्य सन्तोष क्षत्रीले बताएका छन । क्षत्रीले नेपालमा बाढी र पहिराेकोको चपेटामा परेका नेपालीहरुको पीडाले मर्माहित बनाएर राहात संकलन अभियान सुरु गरेको बताए ।

उक्त राहात संकलन अभियानमा सहयोग गर्दै इजराईलबाट रन्जु अधिकारीले एक सय डलर, कतारबाट नारण विष्टले ५१ कतारी रियल, सन्तोष क्षेत्रीले ५१ रियल, दिपक थापाले १ सय १ रियल, विनोद महतले २ सय ५१ रियल, अनिता लामाले कोरियाबाट एकलाख १० हजार वान, बुद्ध पाण्डेले कतारबाट १ सय १ रियल, प्रकाश कार्कीले ५१ रियल, शक्ति क्षत्रीले १ सय १ रियल, रमेश चौहानले १ सय १ रियल, देविका केसीले १ सय ३ रियल, मन्जु खनाल क्षत्रीले १ सय ३ रियल, श्याम जोति बोहराले ५१ रियल, श्री थापाले ५१ रियल, हेमबहादुर बस्नेतले १ सय १ रियल, रोहित कार्कीले मलेसियाबाट १ सय रिङगेट, प्रविन कार्कीले मलेसियाबाट ५० रिङगेट, माया केसीले कतारबाट ५ सय ५ रियल, सागर नेपालीले १ सय १ रियल, बाबुराम थापाले १ सय १ रियल, सन्तोष कार्कीले ४० रियल, दिल गोदारले १ सय रियल, रमेश बस्नेतले ५१ रियल, हरि केसीले ५५ रियल, संखुवासभा समाज कतारले १ सय ५१ रियल र छविलाल बुडाथोकीले ५१ कतारी रियल सहयोग गरेको क्षत्रीले सवैकाे अनलाइन खवरलाइ बताएका छन ।

उनले समाजका कार्यबाहक अध्यक्ष धनबहादुर कार्की, महासचिव राम्जि खत्री र कोषाध्यक्ष प्रकाश कुमार कार्की सहित मनोज कार्कीलाई सम्पर्क गरेर नेपालका विभिन्न स्थानबाट बैदेशीक मुलुकमा पुगेका युवाहरुले सहयोग गरिरहेको बताउदै समाजले यसरी संकलन गरेको राहात रकम एकद्वार प्रणाली मार्फत पीडितहरुमाझ पु-याईने बताएका छन ।