१६ साउन वेनी म्याग्दी
गलेश्वर वाट वेनी तर्फ आउदै घरेको ध १ ज ३८३ नम्वरको ट्याक्सी दुर्घटनामा परेको छ । साउन महिनाको सोमवार गलेश्वरधामको दर्शन गरि यात्रुहरुलाई वेनी तर्फ ल्याउदै गर्दा सडक वाट कालिगण्डकी नदिमा दुर्घटना भएको हो ।

चालक हरी कुवर सहित ३ जना यात्रु रहेको ट्याक्सी कालिगण्डकी नदिमा खस्दै गर्दा विचको ढुङ्गामा ठोकिन गई केहि समय अडिन गएकाले भित्र रहेका यात्रुहरुले हामफाली ज्यान जोगाउन सफल भएको अर्का ट्याक्सी चालक निलकण्ठ शर्माले वताए । उक्त ट्रयाक्सी कालिगण्डकी नदिमा  डुवेकाे छ ।

चालक सहित तीन जनाको वेनी अस्पतालमा सामान्य उपचार पछि मणिपाल हस्पिटल पोखरामा रिफर गरेको छ । अहिले घाईतेहरु खतरा मुक्त रहेको वताईएको छ ।