शिवराज शर्मा साउन १३ कुश्मा पर्वत

राेटरी क्लव अपफ पर्वतकाे स्पाेन्सरमा सन् २०११ मा स्थापना भएकाे रोट्याक्ट क्लव अफ पर्वतले आफ्नो सातौ जन्म दिन मनाइएको छ । सामाजिक क्रियाकलापमा सक्रिय क्लवले छैठौ बर्ष पुरा गरि सातौ बर्ष प्रवेशको अवसरमा बिभिन्न कार्यक्रम गरि मनाएको हो । क्लवको सातौ जन्म दिनको अवसरमा आयोजित शुभकामना कार्यक्रमको उद्घाटन कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले गर्नु भएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख जोशीले सामाजिक रुपान्तरण र परिवर्तनका लागि सक्रिय रोटरी क्लव र रोट्रयाक्ट क्लवसंग सहकार्य र समन्वय गरेर अगाडि बढ्न नगरपालिका तयार रहेको बताउनुभयो । राजनिती र सामाजिक क्रियाकलाप एउटै जस्तो भएकाले पनि समाजको बिकास र परिवर्तनका लागि सामाजिक क्षेत्रमा क्रियाशिल क्लवहरुसंग सहकार्य आवश्यक रहेको उहाँको भनाई रहेको थियो । कार्यक्रममा रोटरी क्लव पर्वतका अध्यक्ष बिप्लप हमाल, रोट्रयाक्ट क्लवका पूर्व अध्यक्ष एवँ डिस्टीक मेम्वर अच्युत तिवारी, जेडआरआर दिपेन्द्रबहादुर घिमिरे र बागलुङका अध्यक्ष नविन पन्तले शुभकामना मंतव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम रोट्रयाक्ट क्लव अफ पर्वतका बर्ष २०१७/०१८ का अध्यक्ष मिलन पौडेलको अध्यक्षता, कार्यक्रम संयोजक प्रमोद शर्माको स्वागत, उपाध्यक्ष उत्तम केसीको धन्यवाद मंतव्य र सचिव अमृत पोख्रेलको संचालनमा सम्पन्न भएको थियो