काठमाडौ । वर्षाको समय भए पनि काठमाडौँ उपत्यकामा सडक मर्मतलाई तीव्रता दिइएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि काठमाडौंँमा सडक मर्मत तथा खाल्डाखुल्डी पुर्न दिनुभएको निर्देशनसँगै राजधानीका सडकमा क्रियाशीलता देखिएको हो ।

प्रधानमन्त्री देउवाले साउन १ गते सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजना लगायतका  मन्त्रालय र अन्य निकायका मन्त्रीहरू, मुख्य सचिव, सचिव र विभागीय प्रमुखको बैठक बोलाएर सडकका खाल्डाखुल्डी पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आर्थिक तथा पूर्वाधार महाशाखा प्रमुख दामोदर रेग्मीले सडक मर्मत तथा खाल्डाखुल्डी पुरिने काम तीव्रताका साथ भइरहेको जानकारी दिनुभयो ।  १५ दिनभित्र काठमाडौँको सडक मर्मत गर्न तथा खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीको निर्देशनपछि अहिले काठमाडाँैंको २२ क्षेत्रमा तीव्रताका साथ काम भइरहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले साउन १ गते सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजना लगायतका  मन्त्रालय र अन्य निकायका मन्त्रीहरू, मुख्य सचिव, सचिव र विभागीय प्रमुखको बैठक बोलाएर सडकका खाल्डाखुल्डी पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो ।

यसका अतिरिक्त पनि विभिन्न निकायमार्फत काठमाडौंँमा सडक मर्मत तथा खाल्डाखुल्डी पुरिने काम भइरहेको बताउँदै उहाँले सडक विभाग, सडक आयोजना निर्देशनालय र स्थानीय तहको संयोजनमा सडक मर्मतको काम भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार आठ मिटर चौडाइभन्दा बढीको सडकको मर्मत तथा खाल्डाखुल्डी पुर्ने काम सडक विभाग र सडक आयोजना निर्देशनालयले गरिरहेका छन् भने त्यसभन्दा कम चौडाइ भएका सडकको मर्मत कार्य सडक विभाग र सडक आयोजना निर्देशनालयसँग समन्वय गरेर स्थानीय निकायले गरिरहेका छन् ।

प्रधानमन्त्रीद्वारा निर्देशन भएअनुसार निर्धारित समयमा नै सडकको मर्मत पूरा गर्न सम्बन्धित सबै निकायले तीव्रताका साथ काम गरिरहेको बताउँदै उहाँले अहिलेको पहिलो प्राथमिकता खाल्डाखुल्डी पुर्ने र दोस्रो प्राथमिकता मेलम्चीको पाइप बिछ्याउँदा बिग्रेको सडकमा हिलो र धूलो न्यून गर्न ढुङ्गा बिछ्याउने रहेको जानकारी दिनुभयो । आजको गोरखापत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here