काठमाडौं । आफुगानिस्तान १९ वर्ष मुनिको आईसीसी विश्वकपका लागि छनोट भएको छ । अफगानिस्तानसँगका दुई पराजय नै नेपालको विश्वकप छनोटको बाधक बने ।

मंगलबार भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँँग ९६ रनको हार व्यहारेपछि नेपालको यात्रामा पूर्णविराम लागेको हो । यसअघि अफगानिस्तानसँगको पहिलो खेलमा नेपाल एक सय ४१ रनले पराजित भएको थियो ।
छनोट चरणमा सतप्रतिशत नतिजा निकालेको अफगानिस्तानले अब अर्को वर्ष न्यूजिल्याण्डमा हुने १९ वर्षमुनिको विश्वकप खेल्ने पक्का भएको छ ।

अन्तिम खेलमा अफगानिस्तानले दिएको एक सय ९६ रनको चुनौती पछ्याएको नेपाल ४३औँ ओभरमा ९९ रन जोडदै  अलआउट भयो । दुई अंकले पछि परेको अवस्थामा नेपाललाई विश्वकपमा स्थान बनाउन अफगानिस्तानमाथि विशाल अन्तरको जित आवश्यक थियो । यद्यपि, नेपाल नराम्ररी पराजित हुन पुग्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४५ रन बनाउन बाहेक अन्य खेलाडीले खासै प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका योसुफ जाजी एक्लैले ४ विकेट लिए । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ९५ रन बनाएको थियो ।

अफगानिस्तानका लागि शतकीय पारी खेलेका इब्राहिम जद्रानले एक सय १४ बलमा ५ छक्का र ७ चौकाको मद्दतमा एक सय १ रन बनाँउदै जितको आधार तयार पारे । इब्राहिमकै प्रदशएन निर्णायक बन्यो ।

प्रतियोगिताका सबै ६ खेल जितेको अफगानिस्तान १२ अंकसहित विश्वकपमा छनोट भयो, भने ८ अंक जोडेको नेपाल दोस्रो स्थानमा खुम्चियो । समूहमा शीर्ष स्थानमा रहने टोलीमात्र विश्वकपका लागि छानिने प्रावधान छ । नेपालका साहब आलमले ४ विकेट लिए पनि हार टेरेन । नेपालको बलिङ चलेपनि व्याट चल्न सकेन । यद्यपि, नेपाली बलरले अफगानिस्तानको रन भने रोक्न सकेनन् । लेगस्पिनर सन्दीपकाे कप्तानीकाे सफलता ८ अंक जाेड्नु मात्रै रहयाे ।