पर्वत-पर्वतको कुश्मामा ३ दिने उद्घोषण तथा भाषणकला तालिम आजवाट शुरु भएको छ । धौलागिरी वहुउदेश्यिय महिला विकास समिति पर्वतको आयोजनामा तालिम शुरु भएको हो ।
तालिमको प्रमुख अतिथी कुश्मानगरपालिका ५ का वडाध्यक्ष चित्रकला शर्मा भारतीले गर्दै तालिमले महिलाहरुको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । वोल्न नसक्दा महिलाहरुले पाउने नैसर्गिक अधिकार पाउन नसकेको उल्लेख गर्दै वडाध्यक्ष शर्माले तालिम मार्फत व्याक्तित्व र नेतृत्वको विकास गर्न महिला दिदिवहिनीप्हरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रम उद्घाटन समारोहमा धौलागिरी वहुउदेश्यिय महिला विकास समिति पर्वतका संस्थापक अध्यक्ष सरस्वती शर्मा जिज्ञाशु , तालिमका मुख्य प्रशिक्षक रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल, धौलागिरी वहुउदेश्यिय महिला विकास समितिका निवर्तमान अध्यक्ष राममाया श्रेष्ठ, सिसेफ नेपालका अध्यक्ष ईश्वरी पाठक, सिसेफका संस्थापक अध्यक्ष टंक लामिछाने, सिसेफका उपाध्यक्ष कामना रेग्मी लगायतले बोल्नुभएको थियो ।
धौलागिरी वहुउदेश्यिय महिला विकास समिति पर्वतका अध्यक्ष कलावती पुरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको स्वागत उपाध्यक्ष लक्ष्मीदेवी अधिकारीले गर्नुभएको थियो भने सञ्चालन सदस्य शारदा पौडेलले गर्नुभएको थियो ।







