काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्रको विवादका कारण मन्त्रिपरिषद विस्तार झन पर सरिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीचको विवादका कारण मन्त्रिपरिषद विस्तार ढिलो भएको स्रोतले बतायो ।

बरिष्ठ नेता पौडेलले आफ्नो पक्षलाई महत्वपूर्ण मन्त्रालय नदिए मन्त्री बन्नेहरुको नाम नै नदिने धम्की दिएपछि प्रधानमन्त्री देउवा झस्किएका हुन् । स्रोतका अनुसार पौडेलले भौतिक मन्त्रालय, सूचना तथा सञ्चार तथा वाणिज्य मन्त्रालय लगायतका महत्वपूर्ण मन्त्रालय माँगेका थिए । तर देउवा भने पौडेलले माँगे अनुसार मालदार मन्त्रालय दिने पक्षमा देखिएका छैनन् ।

हुन त पौडेलले अहिले मन्त्रालयको संख्यामा समेत अड्को थापिरहेका छन् । सुरुमा पौडेल पक्षधरलाई दुई वटा मन्त्रालय दिने सहमति भएको थियो । तर पछि उनले तीन मन्त्रालय पार्टी सभापति देउवासँग आग्रह गरे । देउवाले पौडेल पक्षधरलाई जसरीपनि तीन मन्त्रालय दिने अन्तिम तयारी गरिरहेको बेला पौडेलले त्यसमा पनि भाउ खोजेर चार मन्त्रालय माँग गरे । तर, देउवा कुनैपनि हालतमा चार मन्त्रालय नदिने उद्धघोष गरिसकेका छन् । यसबाट पौडेल पक्षधर रुष्ट बनेको छ ।

स्रोतका अनुसार देउवाले पौडेल पक्षले महामन्त्री डा. सशांक कोइरालाले सिफारिश गरेका सांसद दिपक खड्काको नाममा सहमति जनाए चार वटा मन्त्रालय दिने पनि मनशाय बनाएका छन् । यसअघिको सरकारमा खानेपानी तथा सरसफाई राज्यमन्त्रीको भूमिका रहँदा उनले राम्रो पफर्मेन्स देखाएका कारण खड्कालाई दोहोर्याउनुपर्नेमा पार्टी सभापति देउवादेखि महामन्त्री कोइराला निश्कर्षमा पुगेका हुन । यसपटक खड्का सरसफाई मन्त्री बन्दैछन् ।

प्रधानमन्त्री देउवा निकट उच्च स्रोतका अनुसार आउने मंगलबार वा बुधबारभित्रै मन्त्रिमण्डल विस्तार हुने बुझिएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले तत्काल सरकार विस्तार गर्न दबाब दिईरहेको छ । माओवादीको दबाब यही अनुसार कायम रहे देउवाले जतिबेलापनि मन्त्रिपरिषद विस्तार गर्न सक्ने स्रोतको दाबी छ ।

प्रतिकृया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here