शिवराज शर्मा, पर्वत– नेपाल प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वश्वर प्रसाद कोईरालको स्मृति दिवस पर्वतमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । नेपाली काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान भन्ने मुल नाराका साथ नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतले ३५ औ स्मृति दिवस मनाईएको हो । उक्त अवसरमा विचार गोष्ठी समेत सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका पर्वतका सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, लगायत जिल्लाका नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्ने अधिकाँस काँग्रेसी नेताहरुले  बिपीको विचारलाई काँग्रेसले आत्मसाथ गर्न नसकेको गुनासो गरेका छन् । मुलुकलाई सहि निकास दिन बिपी कोईरालाको आस्था र विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै उहाँका विचारलाई आत्मसाथ गरी व्यवहारमा उतार्न सके नै मात्र उहाँको सच्चा श्रद्धाञ्जली हुने उनीहरुको भनाई छ ।

               मुलुकलाई सहि निकास दिन बिपी कोईरालाको आस्था र विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै उहाँका विचारलाई आत्मसाथ गरी व्यवहारमा उतार्न सके नै मात्र उहाँको सच्चा श्रद्धाञ्जली हुने उनीहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाली नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका सभापति खिमप्रसाद भुषालले बिपी कोईरालाले आफ्नो जिवनकालमा गरेका संघर्षवाट बर्तमानका राजनितिकर्मीले धेरै सिक्नुपर्ने धारण राख्नुभयो ।  उहाँले स्थानिय तहको निर्वाचनको प्रसंग कोट्याउँदै अव हुने चुनावमा पार्टी एक ढिक्का भएर पार्टी र संगठन सृढिणकरणमा लाग्ने उद्घोष गर्नुभयो ।

नेपाली काँग्रेस पर्वतका महाधिवेशन प्रतिनिधी तथा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले बिपीको मेलमिलापको नीतिलाई काँग्रेसले पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुश्मा नगरपालिकाको विकास र समृद्धिका लागि आफु दिनरात लागेको बताउँदै नगरवासीका समस्या र वेदनालाई आत्मसाथ गदै काम गर्ने बताउनु भयो ।

कार्यक्रममा जलजला गाउँपालिका पर्वतका अध्यक्ष तथा नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका कोषाध्यक्ष रामकृष्ण मल्ल, महासमिति सदस्य बसन्तवहादुर सिके, महासमिति सदस्य गंगाधर तिवारी , महासमिति सदस्य राधाकुवँर क्षेत्री, नेपाल शिक्षक संघ पर्वतका पूर्व अध्यक्ष डाक्टर चुडामणी शर्मा, काँग्रेस नेता कुश्माकर न्यौपाने, नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधी गंगाराज शर्मा, नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतका पूर्व सचिव कुलप्रसाद उपाध्याय, नेपाल प्रजातान्त्रिक सेनानी संघ पर्वतका अध्यक्ष हरिप्रसाद आचार्य, नेपाल महिला संघ पर्वतका अध्यक्ष जौमाया प्रसाई, नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पर्वतका अध्यक्ष मिलन सुवेदी, नेपाली काँग्रेस क्षेत्र नम्वर २ का क्षेत्रिय सचिव सुमन तिवारी, लोकतान्त्रिक गैसस महासंघ पर्वतका अध्यक्ष गणेशवहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, नेपाली काँग्रेस फलेवास नगरपालिकाका संयोजक हिरामणी सापकोटा लगायले पार्टी र बिपीको सिद्धान्त र विचारका विषयमा बोलेका थिए ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतका सभापति खिमप्रसाद भुषालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गावहादुर खत्री र कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतका सचिव विश्वप्रकाश प्रसाईले गर्नुभएको थियो ।