g]skfsf cWoIf g]kfn sf7df8f}F, % df3 M g]kfn sDo'lgi6 kf6L{ -g]skf_ bfxfn–g]kfn ;d"xsf cWoIf dfwjs'df/ g]kfn ;f]daf/ clvn g]kfn dlxnf ;ª3åf/f sf7df8f}Fdf cfof]lht s]Gb|Lo ;ldltsf] k"0f{ a}7s tyf k|lzIf0f sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

२२ फागुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतको निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओली पराजित भइसकेकाले राजीनामा दिन आग्रह समेत गरेका छन् ।

शनिबार पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपालले  ‘केपी ओलीलाई हामी अन्तिम मौका दिइरहेका छौं, राजीनामा दिनुहोस्, नैतिकताको सानो अंश भएपनि देखाउनुहोस् ।

उनले अगाडि भने, ‘नभए इतिहासमा तपाईं सधैं कलंकित मात्र हुनुहुनेछ। धेरै फुर्ती नदेखाउनुहोस्, तपाईंका फुर्ती देखाउने दिन गए।’उनले प्रतिगमनविरुद्धको पहिलो चरण हासिल गरेपनि अझैं संघर्ष गर्न बाँकी रहेको बताए।

आफूहरुले नेतृत्व गरेको पार्टी आधिकारिक भएको बताउँदै नेपालले नेकपा र सूर्य चिन्ह आफूहरुको भएको दाबी गरे ।