१९ फागुन
पर्वत । नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघ जिल्ला कार्यसमिति पर्वतको छैटौं साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । नेपाली सेनाबाट अवकाश प्राप्त भुपु सैनिकहरु एकत्रित भइ सामाजिक सेवामा लाग्ने उद्देश्यले स्थापना भएको हो ।
भू पू सैनिक संघले अवकाश प्राप्त ब्यक्ती लाई विदेशमा हैन स्वदेशमा नै रोजगारको ब्यवस्थापन गर्ने लक्ष्यका साथ आगामी दिन मा कार्य गर्ने वताईएको छ । उक्त कार्यका लागी संगठन निरन्तरता लाग्ने संघ का सचिब चन्द्र प्रकाश पौडेल (सुमन ) ले जानकारी दिनु भयो ।
संघको मंगलबार सम्पन्न दोश्रो अधिवेशनबाट ओम प्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्य कार्य समिती चयन गरेको छ । संघको उपसभापतिमा शिव शर्मा, सचिव ,चन्द्र प्रसाद पौडेल (सुमन ) कोषाध्यक्ष क्षेत्र बहादुर केसी, सहसचिव मेघनाथ रिमाल, सहकोषाध्यक्ष (बेल कुमारी जिसी चयन हुनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा जिवन क्षेत्री, राम बहादुर सुवेदी, बाबुराम अधिकारी, देव बहादुर क्षेत्री, होम बहादुर पौडेल, खडक सिंह गुरुङ र देवेन्द्र नेपाली रहनु भएको छ ।