१७ फागुन

बागलुङको गल्कोट नगरपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । गल्कोट नगरपालिका-३ हटिया गल्कोट सप्लायर्समा काम गर्ने १४ वर्षीय सुमन विकको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो ।

मोटर जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका सुमनको उपचारका लागि स्थानीय पोलिक्लिनिकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।