१४ फागुन

काठमाडौं । गृह मन्त्रालयले एकसाथ ५२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ।

शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयबाट बढुवा भएका कर्मचारीको पदस्थापना तथा अन्यको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

सरुवा हुनेमा ३६ जना प्रमुख जिल्ला अधिकारी समेत रहेका छन् । यस्तै केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, जेलर र विभागका निर्देशकहरु रहेका छन्।

गृह मन्त्रालयले पर्वतको प्रमुख जिल्ला अधिकारीमा देबी पाण्डे खत्रीलाई सरुवा गरेको छ । खत्री जिल्ला प्रशासन कार्यालय गोरखाबाट पर्वतको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएकी हुन । पर्वतमा कार्यरत प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको भने गृह मन्त्रालयमा सरुवा भएको छ ।