१४ फागुन

पर्वत । रोटरी क्लव अफ पर्वतले कुश्मा नगरपालिका वडा नंं ९ स्थित सामर्वाजनिक माविमा विद्यार्थीहरुका लागी शैक्षिक सामग्री वितरण गरेको छ । डिजिटल शिक्षाको माध्यम वाट सिकाईलाई प्रवभावकारी वनाउनका लागी ४१ ईन्चको टिभि,स्टेशनरी सामान लयातका सामाग्री वितरण गरिएको छ । टिभिमा हेरेर वालवालिकाको सिकाईलाई अझ प्रभावकारी वनाईने छ ।
उक्त कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष कृष्ण प्रसाद लामिछानेले पर्वतका धेरै विद्यालयहरु मध्ये यस सार्वाजानिक विद्यालयलाई छनौट गरि सहयोग गरेकोमा रोटरी क्लव अफ पर्वतलाई धन्यवाद ज्ञापन गर्नुभयो । सार्वाजनिक माविमा धेरै दाताहरुले माया गरेर विभिन्न सहयोग गरेको हुदा विद्यालयको शैक्षिक सिकाईमा सहयोग पुगेको महसुस गरेको वताउनु भयो ।


कार्यक्रममा रोटरी क्लव अफ पर्वतका पुर्व एजि गोपि अधिकारी,पूर्व अध्यक्ष शिव शर्मा पौडेल,गणेश वहादुर क्षेत्री,गणेश पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज वैरागी,विद्यालयका प्रधानध्यापक चन्द्र शेखर उपाध्याय,ईनरह्लि क्लव अफ पर्वतका अध्यक्ष अनिता चापागाई लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको अध्यक्षता रोटरी क्लव अफ पर्वतका अध्यक्ष रमेश शर्मा लामिछाने र संचालन सचिव विजय चापागाईले गर्नुभएको थियो । २०३७ सालमा स्थापना भएको विद्यालयमा २१० जना विद्यार्थी र १९ जना शिक्षक रहेका छन् ।