१२ फागुन
नेपाली काँग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशमा विस्तार गरेको छ। उपसभापति बिमलेन्द्र निधी प्रमुख रहेको नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशस्थित १६ देशमा संयोजक नियुक्ती गरेको हो।

निति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका अन्तर्राष्ट्रिय संयोजक गंगाधार गौतमका अनुसार नेपाली कांग्रेसको नीति तथा कार्यक्रमलाई विदेशमा रहेका नेपाली समुदाय समक्ष पुर्‍याउने उद्देश्यले सो प्रतिष्ठानको विस्तार गरिएको हो।

देबि भुसाल (दिपिका) इजरायलको प्रमुख पदमा मनोनित गरेको छ । भुषाल विगत लामो समय देखि इजरायलमा रहेर नेपाली कांग्रेसको जनसम्पर्क समितिमा काम गररिहेकी छन् । हाल उनि नेपाली कांग्रेस जनसम्पर्क समिति इजरायलको उप सभापतीमामा रहेर कार्य गरिरहेकी छन् ।
प्रतिष्ठानलाई थप २२ देशमा विस्तार गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ।