१२ फागुन

पर्वत । पर्वत उद्योग वाणिज्य संघको ३८औं वार्षिक साधारण सभा एवम् १७औं अधिवेशन वुधवार कुश्मावजार स्थित वाणिज्यहलमा शुभारम्भ भएको छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले दिप प्रज्वलन गरी साधारण सभाको समूदघाटन गर्नु भएको हो । शुभारम्भ कार्यक्रममा वोल्दै अध्यक्ष गोल्छाले पर्वत जिल्ला पर्यटकीय दृष्टिले प्रचुर संभावना वोकेको जिल्ला रहेको भन्दै महासंघले यस किसिमका संभावनालाई सार्थक वनाउन के कस्तो सहयोग गर्न सकिन्छ भनेर भिजन पेपर तयार गरी रहेको वताउनु भयो । सो भिजन कार्यान्वयन हुँदा चार लाख नेपाली युवाले देशभित्रै रोजगारी पाउने उहाँको भनाई थियो । उहाँले देशको समृद्धीको लागि नीजि क्षेत्रको उच्च भुमिका हुँदा हुँदै पनि राज्यले नाफामुखीको आँखाले मात्र हरेको उहाँले वताउनु भयो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्थानीय निकायका प्रमुख तर्फ लक्षित गर्दै नीजी क्षेत्रसंग प्रभावकारी सहकार्य नभएसम्म आर्थिक विकास संभव नभएको वताउनु भयो । उहाँले स्थानीय पालिका प्रमुखहरुलाई नीजीक्षेत्रसंग सहकार्य गरेर अगाडी वढेमा आन्तरिक स्रोत पनि वृद्धि हुने वताउनु भयो ।
जिल्लामा क्रियाशिल सवै राजनीतिक दलको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसका जिल्ला सचिव विश्व प्रकाश प्रसाईले आफ्नो पदावधी सफलतापुर्वक सम्पन्न गरेकोमा अध्यक्ष केदारनाथ शर्मा लगायतलाई हार्दिक वधाई दिंदै अव पनि पदमा रहेर काम गर्ने धेरै जनाको चाहना हुदा निर्वाचन हुन सक्छ तर स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने वताउनु भयो । उहाँले उद्योग वाणिज्य संघमा रँहदा संघको संस्थागत विकास र उद्योगी व्यवसायीको हक हितलाई सर्वोपरी रुपमा लिनु पर्ने भन्दै देशको राजनीतिले उद्योग व्यवसायिक क्षेत्रमा असर पार्ने भएकोले राजनीतिक स्थितरताका लागि पहल गर्नुपर्ने वताउनु भयो ।
पर्वत जिल्ला समन्वय समितिका संयोजक मनोहर वि। पौडेल, फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्मा, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारी, मोदी गाँउपालिका अध्यक्ष प्रेम शर्मा पौडेल, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, प्रमुख जिल्ला अधिकारी संभु प्रसाद रेग्मी, ताप्लेजुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष तारा घिमिरे, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी लगायतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा उद्योग व्यवसायिक क्षेत्रमा उल्लेख्य योगदान गरे वापत केही संस्था र व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेमा कुश्मा वलेवा यान्त्रिक पुल प्रा।लि। र अध्यक्ष होम नारायण श्रेष्ठ, द क्लिप प्रा।लि। र यसका संचालक राजु कार्की,राजन जोशी र नेत्र पराजुली, रोटरी क्लव अफ पर्वत र अध्यक्ष रमेश शर्मा, युनिभर्षल पार्टी प्यालेसका सञ्चालक अशोक गुरुङ्, वन्दना होटल प्रा।लि।का निर्देशक कृष्ण प्रसाद श्रेष्ठ लगायत हुनहुहुन्छ । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माको अध्यक्षता एवम् स्वागत, वरिष्ठ उपाध्यक्ष गोपी अधिकारीको धन्यवाद एवम् महासचिव गणेश लामछिानेको सञ्चालनमा सम्पन्न भएको थियो ।