९ फागुन

पर्वत । पर्वत उद्योग वाणिज्य संघको ४५ औ स्थापना दिवस ३८ औ साधारण सभा तथा १७ औ अधिवेशन नजिकिदै गएको वेला चुनावी सरगर्मी वढेको छ । यहि फागुन १२ गते उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्यतामा ३५ औ साधारण सभा शुभारम्भ हुदै छ । यस वर्ष अधिवेशन पनि भएकाले चुनावी महोल तातेको छ । पर्वत उद्योग वाणिज्य संघको विधान वमोजिम साधारण सभा भएको ४५ दिनमा चुनाव गर्नुपर्ने भएकाले यहि चैत्र ७ गते चुनाव तोकेको छ ।
पर्वत उद्योग वाणिज्य संघमा कार्य समिति सदस्य हुदै कोषाध्यक्ष समेत भई सकेका मानसिंह भण्डारीले अध्यक्ष पदका लागी प्रजातान्त्रिक खेमा वाट आप-नो उम्मेदवारी घोषणा गरेका छन् । वि सं २०५६ साल देखि उद्योग वाणिज्य संघ पर्वतको सदस्य भएका भण्डारी लामो समय देखी उद्योग वाणिज्य संघका विभिन्न पदमा कार्य गरि अनुभव प्राप्त गरेको वताएका छन् । अघिल्लो चुनावमा पनि अध्यक्षको दावेदार भएको जनाउदै यस पालि सवैको साझा उमेदवारको रुपमा आफु भएको वताएका छन् ।
अर्को तर्फ प्रजातान्त्रिक खेमा वाट शिव शर्मा पौडेल पनि अध्यक्षको उम्मेदवारीको तयारी गरेको वताएका छन् । यद्यपी छलफल हुन वांकी रहेको दुवै उम्मेदवारले वताएका छन् ।
अर्को तर्फ केपि समुह वाट ठाकुर वि पौडेलले उम्मेदवारी दिने वताइर्एको छ भने प्रचण्ड माधव समुह वाट गोपि अधिकारीले उम्मेदवारी दिने तयारी गरेका छन् । यद्यपी दुवै समुहले एउटै उम्मेदवार वनाउने वताउदै आएका छन् । राष्ट्रिय राजनिति जे भए पनि व्यपारीको चुनावमा नेकपा समुह पर्वतमा मिलेर नै उम्मेदवारी तय गरिने वताउदै आएका छन् ।
प्रजातान्त्रिक र नेकपा समुह साधारण सभाको निमन्त्रणा गर्ने नाममा चुनाव प्रचार प्रसारका लागी पर्वतका विभिन्न स्थानमा दैनिक जसो समुह वनाएर हिडिरहेका छन् ।
झण्डै २४ सय नयां पुराना सदस्य रहेको पर्वत उद्योग वाणिज्य संघमा २२ सय जति पुराना सदस्यहरुले भोटिङका लागी योग्य रहेको वताईएको छ ।