८ फागुन

पर्वत। पर्वतको फलेवास नगरपालिकामा श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन योजना कार्यक्रम सुरु भएको छ । फलेवास नगरपालिका र नागरिक लगानी कोषबिच समझदारी पत्र आदानप्रदान भएको हो ।
नगरप्रमुख पदमपाणी शर्मा र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । नगरपालिका भित्रका असंगठित श्रमिकहरुलाई कोषमा आबद्ध गराई उनिहरुको सामाजिक सुरक्षा, जिवस्तर सहजीकरण गर्दै सहारा बिहिन नहुन भन्ने उद्देश्य कोष संचालन गरिएको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो । फलेवास नगरपालिका समाजवाद उन्मुख तर्फ अग्रसर भएको उहाँले बताउनुभयो । उपप्रमुख मन्जु अधिकारीले उक्त कोषले नगरका श्रमिकहरुलाई भविष्यका लागि फाइदा हुने बताउनुभयो । सबै श्रमिकलाई कोषमा आवद्ध हुन आग्रह गर्नुभयो ।

नगरपालिकाले जनमुखी कार्यक्रमहरु संचालन गरेको अधिकारीले बताउनुभयो । हालसम्म नगरका ६ सय जना भन्दा बढी श्रमिक उक्त कोषमा आबद्ध भएका छन् । कोषमा २५ देखि ६० बर्ष उमेर समुहका व्यक्तिहरु कोषमा सहभागी हुन सक्ने बताइएको छ । कोषमा श्रमिकले मासिक ५ सय जम्मा गर्नुपर्ने छ भने नगरपालिकाले ५ सय थप गरिदिनेछ ।

कोषमा दस प्रकारका श्रमिकलाइ यश कार्यक्रममा समाबेश गराइनेछ । जस अन्तरगत बाटो मर्मत गर्नेहरु,आरानमा काम गर्नेहरु,पन्डित,उद्घमी,साना किसान,एकल महिला,दैनिक रुपमा श्रम गर्ने श्रमिकहरु यो कोषमा आबद्ध हुन सक्नेछन । त्यस्तै सरकारी जागिरेहरु र पेन्सनर हरु र वैदेशिक रोजगारीमा गएकाहरु उक्त कोषमा आबद्ध हुन पाउने छैनन ।

कोषमा संकलन गरेको रकम श्रमिकले ६० बर्ष पुगेपछि नगरपालिकाले ७५ प्रतिशत थप गरि फिर्ता गर्ने र बिचमा कोषबाट निस्किन चाहेमा आफुले सन्कलन गरेको सबै रकम र नगरपालिकाले थपेको २५ प्रतिशत रकम लिएर कोषबाट निस्किन सक्नेछन । नगरका प्रवक्ता तथा वडा नं ४ मुडिकुवाका वडा अध्यक्ष टिकाराम गौडेलले नगरपालिकाले ल्याउने नयाँ कार्यक्रम तथा योजना बुझ्न असहज भएपनी दीर्घकालीन रुपमा श्रमिकहरुको हितको लागि भएको बताउनुभयो ।

कार्यक्रममा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल, नेकपा फलेवास नगर कमिटी अध्यक्ष पिताम्बर घिमिरे, नेपाली कांग्रेस खानीगाउँका सचिव भिम लम्साल क्षेत्री लगायतले बोल्नुभएको थियो । शखा अधिकृत प्रमुख रमेश पौडेलको स्वागत मन्तव्य र कार्यक्रमको संचालन नगरपालिकाका योजना व्यवस्थापक देविप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।