६ फागुन

पर्वत । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले देशभरका दश शाखा मध्ये पत्रकार महासंघ पर्वत शाखा पनि सम्मानीत भएको छ। केन्द्रीय कमिटिले २६ औं महाधिबेशनबाट पर्वत शाखा पनि उत्कृष्ट घोषित गर्दै सम्मानीत भएको छ ।

महासंघको महाधिबेशनको अबसरमा उत्कृष्ट शाखाको रुपमा सुचना संचार तथा प्रबिधि मन्त्री पार्वत गुरुङले सम्मानपत्र प्रदान गरेका छन् ।

शाखाको तर्फबाट अध्यछ छबिलाल तिवारीले सम्मान ग्रहण गरेका छन्  । शाखाले  पत्रकारीता छेत्र तथा महासंघको भौतिक पूर्वाधारमा उत्कृष्ट कामगरेको भन्दै शाखालाई सम्मान गरीएको हो । पर्वतसंगै गण्डकी प्रदेशका बागलुङ र गोरखा जिल्ला समेत सम्मानीत भएका हुन् ।