११ माघ

पर्वत। नेपाल घरेलु तथा साना उद्योग महासंघ पर्वतको १४ औँ साधारण सभा तथा ८ औँ अधिवेशन शुक्रवार सम्पन्न भएको छ । अधिवेशनले ठाकुर वि. पौडेलको अध्यक्षतामा आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा समिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा निर्मल विश्वकर्मा, उपाध्यक्ष तथा महिला उद्यमी अध्यक्षमा खगेश्वरी शर्मा, महासचिबमा अशोक गुरुङ, कोषाध्यक्षमा राजन जोशी र कार्यसम्पादन सदस्यमा खड्गप्रसाद खनाल रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा राजु पौडेल, कृष्णप्रसाद शर्मा, जगन्नाथ अधिकारी, राजु तुलाचन, शिव शर्मा पौडेल, भिमप्रसाद चापागाई, योगराज गिरी, जसमाया पुन, चन्द्रकला शर्मा, प्रमिला शर्मा, कुमारी पुन रहनुभएको छ ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा हरिहर थापा, कृष्णप्रसाद श्रेष्ठ, चेतनारायण शर्मा गोविन्द, गोपि अधिकारी र माया गिरीलाई चयन गरेको छ । सोहि अवसरमा महिला उद्यमी समिति समेत गठन गरिएको छ । जसको संयोजकमा खगेश्वरी शर्मा, बरिष्ठ उपाध्यक्षमा जसमाया पुन,उपाध्यक्षमा ननमाया पुन, महासचिबमा चन्द्रकला शर्मा र कोषाध्यक्षमा अम्बिका शर्मा रहनुभएको छ ।


सदस्यहरुमा सरस्वती सुवेदी क्षेत्री, नहकला शर्मा, शान्तिकुमारी शर्मा र शुभा नेपाली रहनुभएको छ । महिला उद्यमी समितिको केन्द्रिय प्रतिनिधिमा सरस्वती भण्डारी, अनिता मल्ल केसी र गंगा तिमिल्सिना रहनुभएको छ । यसैबीच घरेलु तथा सना उद्योग महासंघको कुश्मा नगरस्तरीय समिति पनि गठन भएको छ ।

जसको अध्यक्षमा मानसिंह भण्डारी, बरिष्ठ उपाध्यक्षमा प्रदिप तिमिल्सिना, उपाध्यक्षमा नबराज भण्डारी,, महासचिबमा मिनप्रसाद शर्मा र कोषाध्यक्षमा शेरबहादुर चोचाङ्गी रहनुभएको छ । सदस्यहरुमा भिम गौचन, शिवकुमार श्रेष्ठ, पुणर्माया पाण्डे रहनुभएको छ भने नगर स्तरीय महिला उद्यमी समितिको अध्यक्षमा अनिता शर्मा, बरिष्ठ उपाध्यक्षमा पुणर्माया क्षेत्री पाण्डे, सचिबमा शान्ति शर्मा कुमाल, कोषाध्यक्षमा खिममाया खोर्जा पुन र सदस्यमा देवी पुन तथा शौभाग्य पुन रहनुभएको छ ।

यस अघि आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलले मुलुकको आर्थिक विकासका मुख्य साझेदारका रुपमा रहेका घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्न राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उद्योगहरुको विकास विना मुलुकको विकास हुन नसक्ने भएकाले उद्यमीहरुलाई राज्यले विशेष सहुलियत दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकीका अध्यक्ष हरिहर थापा, गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माm महिला उद्यमी समुहकी केन्द्रीय सदस्य अनिता मल्ल केसी लगायतले बोल्नुभएको थियो । गोपि अधिकारीको अध्यक्षता तथा स्वागतमा सम्पन्न कार्यक्रममा धन्यवाद मन्तव्य ठाकुरवि पौडेल र संचालन राजन श्रेष्ठले गर्नुभएको थियो ।