१० माघ
पर्वत । पर्वतको कुश्मा नगरपालिकाले न्यायिक समितिका मेलमिलाप सहजकर्ताका लागी मेलमिलापकर्ताहरुलाई क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । नगरपालिकाले १४ वटै वडामा मेलमिलापकर्ता मार्फत न्यायिक समिति सम्म आउने बिबादको निरुपण गर्ने योजना बनाएको छ ।
वडामा देखिएका बिबाद वडा स्तरमै मिलाउने गर्ने मेलमिलापकर्ता परिचालन गर्ने तयारी अनुरुप उक्त तालिम संपन्न गरेको हो । यसका लागि आधारभूत तालिम आयोजना गरिएको कुश्मा नगरपालिकाले जनाएको छ । कार्यक्रममा कुश्मा नगरपालिकाका १४ वटै वडाबाट ४२ जना सहभागी रहेका थिए ।

कुश्मा नगरपालिका न्यायिक समितीको आयोजनामा संचालन भएको तालिमको कुश्मा नगरका नगर प्रमुख जोशीले एक कार्यक्रमका विच समापन गर्नुभयो । स्थानिय सरकारको अवधारणा अनुरुप ससाना झैझगडाहरु वडा स्तरमा नै मिलाउनका लागी मेलमिलाप सहजकर्ताको अहम भुमिका हुने वताउनू भयो । ससाना झगडाहरु अदालत सम्म जानका लागी धेरै खर्च र समय लाग्ने भएकाले न्याय छिटोछरितो पाउनका लागी वडा न्यायिक समितिलाई कृयाशिल वनाउन लागिएको जानकारी दिनुभयो । न्यायिक समिति गठनमा केहि प्राविधिक कठिनाईले केहि ढिला भए पनि अव यस समितिले चुस्त दुरुस्त कर्य गर्नेमा आफु विस्वस्त रहेको वताउनू भयो । न्यायिक समितिका लागी चाहिने श्रोत साधन नगरपालिकाले व्यवस्था गर्ने जानकारी दिदै वडामा मध्यस्थता गर्दा पक्षविपक्ष नभनी स्वतन्त्रपुर्वक न्याय सम्पादनमा भुमिका खेल्न मेलमिलाप कर्तालाईआग्रह गर्नुभयो ।

माघ २ गते देखि संचालन भएको तालिम माघ ९ गते समापन गरिएको थियो । नगर उपप्रमुख एवं न्यायिक समितीका संयोजक सीता काफ्ले लामिछानेले न्यायिक समितिको कार्यसम्पादन चुस्त र प्रभावकारी बनाउदै नगरबासीको न्यायिक हक सुनिश्चित गर्ने दिशामा यो तालिम निकै फलदायी भएको वताउनू भयो ।

कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले सहभागिहरुलाई स्वागत गर्दै न्यायिक समितीको प्रभावकारी कार्यसम्पादन बाट नै संविधानले परिकल्पना गरेको लोककल्याणकारी राज्य स्थापनामा टेवा पुग्ने बताउनुभयो ।


कार्यक्रममा वडाअध्यक्ष शिव पौडेल,सहजकर्ता हरी प्रसाद पण्डीत, सहभागीको तर्फवाट नवराज गिरी,सरिना पुर्जाले मन्तव्य राख्नु भएको थियो ।
मेलमिलाप संस्था कास्कीका अध्यक्ष हरिप्रसाद पण्डित र अधिवक्ता गिता आचार्यले तालिमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रम संचालन कुश्मा नगरपालिकाका सूचना अधिकारी धुर्वराज पौडेलले गर्नुभएको थियो ।