९ माघ
पर्वत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुन प्रसाद जोशिले कम्युनिष्टहरु झुटको खेति गर्न एकदमै माहिर रहेको बताउनु भएको छ । कम्युनिस्ट सरकारले जनता झुक्याउने बाहेक अन्य उपब्धिमूलक कामै गर्न नसकेको उहाँको तर्क छ । जलजला गाउँपालिका ७ धाइरिङमा नेपाली काँग्रेसले आयोजना गरेको बिरोध प्रर्दशनी कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।

त्यसै गरि फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा भएको विरोध सभालाई नेपाली कांग्रेसका पूर्व मुख्य सचिव तथा पुर्व सांसद ऋषिकेश तिवारीले जनताका प्रतिनिधिले वनाएको संविधान मिच्ने काम निरंकुश प्रधानमन्त्री केपीओलीले गरेको हुदा सडक वाट दवाव दिनुपर्ने अवस्था आएको वताउनू भयो । नेपाली कांग्रेसले मात्र देश र प्रजातन्त्रको रक्षा गर्ने वताउनू भयो ।

यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेस राज्य प्रसासन समितिका केन्द्रिय सदस्य राजेन्द्रप्रसाद तिवारीले वर्तमान ओली सरकारका कुकर्मको कटाक्ष गर्नुभयो । उहाँले कांग्रेस नै मुलुकको अभिभावक रहेको भन्दै कम्युनिस्ट पतनको दिशा तर्फ हिडिसकेकाले लोकतन्त्रको रक्ष गर्न अब मात्रै सजिलो हुने बताउनुभयो ।

नेपाली कांग्रेस धाइरिङका पार्टी सभापति राजु आचार्यको सभापतित्वमा बिरोध कार्यक्रम समपन्न भएको थियो । सो,अवसरमा नेकपा पार्टी परित्याग गर्दै ४० जना नेपाली काँग्रेसमा सदस्यता पत्र लिई पार्टी प्रवेश गरेका थिए । जिल्लाकै विकटमा पर्ने उक्त वडामा नेपाली काँग्रेसको विशाल सभा सम्पन्न भएको थियो ।