माघ ८
नेपाली कांग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले एकैसाथ देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गरेको हो । यसै शिलशिलामा पर्वत जिल्लाका ६१ वटा वडा मा नै विरोध प्रदर्शन सम्पन्न भएको छ । जिल्लाका सवै वडाहरुमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले प्रतिनिधि खटाएर विरोध प्रदर्शनलाई शसक्त वनाएको छ ।
नेपाली कांग्रेस कुश्मा नगर कार्य समिति वडा नं. २ को आयोजना खुर्कोटमा विशाल विरोध सभा सम्पन्न भएको छ । साविक खुर्कोट गा.वि.स.मा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतका सदस्य डा चुडामणी शर्माले कांग्रेसले नेकपाका सरकार प्रमुख केपी ओलीले प्रतिनिधि सभा विघटन गरेको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको वताउनू भयो । कांग्रेस विधिको साशन मान्ने पार्टी भएकाले संविधान मिचेर चालिएको प्रधानमन्त्री केपी ओलीको कदमले मुलुक अधोगती तिर लगेकाले देशमा अस्थिरता छाएको वताउनू भयो । केपी ओली नवतानाशाहको रुपमा देखिएको वताउनू भयो । आपनो पार्टीको आन्तरीक विवादलाई मिलाउन नसकेर मुलुकको संविधानलाई नै च्यात्ने काम केपीले गरेको हुदा कांग्रेसलाई सह्य नभएको धारणा राख्नुभयो । त्यसका लागी वस्ती वस्ती र वडा वडा वाट कांग्रेस जुरमुराएर उठ्नेवेला आएको वताउनू भयो ।


कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समितिका पुर्व सदस्य द्रोणराज पौडेल,वडा नं. २ का वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोला,नेपाली कांग्रेस कुश्मा नगर कार्यसमितिका कोषाध्यक्ष शिवराज शर्मा,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गणेश वहादुर क्षेत्री, कुश्मा नगर कार्यसमितिका सदस्य कालिका प्रसाद शर्मा,नेवि संघका जिल्ला सचिव वरदान पौडेल,साविक खुर्कोट गाविसका पुर्व सचिव तिर्थप्रसाद शर्मा,वडा नं. २ का वडा सदस्य शान्ति शर्मा कुमाल,दलित नेता सर्वे नेपाली,हिमालय मावि नेवि संघका सभापती विवेक गिरी लगायतले विरोध मन्तव्य राखेका थिए ।
कार्यक्रम नेपाली कांग्रेस कुश्मा नगर कार्यसमिति वडा नं. २ का सभापती कालिभक्त शर्माको अध्यक्षता,स्वागत नेपाल ट्रेडयुनियन पर्वतका सहसचिव कल्याण सुवदी र संचालन वडा समितिका सह सचिव नारायण गिरीले गर्नुभएको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य वडा समितिका सह संयोजक छत्रराज रेग्मीले राख्नुभएको थियो ।
वडा नं. २ को वडाकार्यालयमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका कृयाशिल सदस्य तथा आम जनसमुदायहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।