२९ पुस
काठमाडौं । गायक कुशल विश्वकर्मा र गायिका देवी घर्तिको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘पिरती के रैच’ को भिडियो माला राना क्रियसन मार्फत सार्वजनिक भएको छ । पर्वत वाग्लुङ्खतिर वोलिने भाषामा रैच,का जस्ता शव्दले मौलिकता थपिएको छ । शक्ति क्षेत्रीले प्रवाशमा वसेर उक्त गितका शव्दहरुको रचना गरेका हुन् ।

पर्वत वाग्लुङ्खतिर वोलिने भाषालई मुख्यरुपमा लिई रचना गरिएकाले सवैले दर्शक श्रोताले मनपराउनेमा रचनाकार विस्वस्त रहेका छन् ।
शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको सिर्जना रहेको उक्त लोकदोहोरीमा मायालु जोडि विचको प्रेमको प्रसंगलाई गीतमा समेटिएको छ ।
विरेन्द्र परियारको छायाँकन, अनिल विष्ट को सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ ।
‘पिरती के रैच’ गीतको भिडियोमा अन्जली अधिकारी , धुव्र हिमाली , ओवी रायमाझी र रुपा लामाको अभिनय रहेको छ ।