१७ पुस

काठमाडौं । कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिसिरियल ‘सम्बन्ध’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा परिवारभित्रको मिलन, द्वन्द्व, तिरस्कार, मायाप्रेमलगायतका देखाइएको छ।

पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदीप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगाना, रवीन्द्र अधिकारी, बिन्दिया शाही, सरोज दाहाल, अञ्जना श्रेष्ठ र बिनिशा सेवाको अभिनय रहेको छ। काठमाडौंका विभिन्न स्थानमा छायांकन भएको टेलिफिल्ममा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, नवीन पन्तको गीत, नवीन पन्तको लेखन, उषा मलह(सिम्रन)को स्वर र गौतमराज खड्काको सम्पादन छ।

करुणा आचार्य प्रस्तुतकर्ता रहेको टेलिसिरियलमा सरला भण्डारी र अञ्जना श्रेष्ठ निर्माता, गीता आचार्य कार्यकारी निर्माता छन्। टेलिसिरियलका सहायक निर्देशक कल्याण अधिकारी छन्।

निर्देशक कुमारका अनुसार टेलिसिरियल आगामी माघ ३ गते प्रसारण हुनेछ।