७ मंसीर

सिरहाको लहानस्थित एक अस्पतालमा  सुत्केरीको मृत्यु भएको छ  । लहानको डिभाईन हेल्थ केयर अस्पतालमा डाक्टरको लापरबाहीले सुखिपुर नगरपालिका–९ बैशखाकी २७ वर्षीया आरती साहको मृत्यु भएको हो ।

घटनापछि अस्पतालका चिकित्सक फरार भएका छन् । आक्रोशित मृतकका आफन्तहरु रातीदेखि नै प्रदर्शनमा उत्रिएक छन् । उनीहरुले अस्पतालमा तोडफोड गर्नुको साथै उपचारमा लापरबाही गर्ने डाक्टरमाथि कारबाहीको माग गरेका छन् ।  शल्यक्रियापछि जन्मिएको शिशुको अवस्था भने सामान्य छ ।

सुत्केरी ब्याथाले च्यापेपछि गएराती आरतीलाई उक्त अस्पतालमा भर्ना गरिएको थियो । मृतक साहलाई उनका भाई राजेश कुमार साहले अस्पतालमा भर्ना गरेका थिए । मृतक आरतीको एक ७ बर्षिय छोरा छन् ।