६ मंसीर

मालपोत कार्यालय तुलसीपुर दाङमा कार्यरत नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल र नेपालगंञ्जबाट खटेको टोलीले नगद ३ लाख २० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो । गिरी र गैरेले जग्गा नापजाँच गरी पुर्जा बनाइदिने भन्दै सेवाग्राहीसँग उक्त रकम लिएका थिए ।

मालपोत कार्यालयमै रंगेहात पक्राउ परेका दुवैलाई नियन्त्रण लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंञ्जका प्रमुख गणेश गैरेले जानकारी दिए ।