९ असोज
पर्वत । सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । उक्त साधारण सभाले गणेश वहादुर क्षेत्रीलाई पूनः अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । त्यसै गरि समितिको उपाध्यक्षमा जित वहादुर नेपाली,सचिव लिलाधर तिवारी,कोषाध्यक्ष थानेश्रर भुषाल र सदस्यहरुमा क्रमशः पृथ्वी नारायण शर्मा,मुनाशर्मा लामिछाने,दिलिफ शर्मा गौडेल,शोभा ढकाल,जानकी शर्मा लाई निर्वाचित गरेको छ । त्यसै गरि लेखा समितिको संयोजकमा ओम गौडेल,सदस्यमा लक्ष्मी शर्मा र जगन्नाथ शर्मालाई चयन गरेको छ ।


आज सम्पन्न साधारण सभाले चालु आ व ०७६/७७ का लागी एक्काईस करोड चौरासी लाख पांच हजार तीन सय चौसठ्ठी रुपैयाको प्रस्तावित आय तथा व्याय सहितको वजेट तथा निति कार्यक्रम पारित गरेको छ ।
२०५६ सालमा संस्थापक अध्यक्ष सामाजिक अभियान्ता ऋषिकेश तिवारीको अध्यक्षतामा स्थापना भएको सहकारीले २१ औ वर्ष पुगेको छ । सहकारीमा १ हजार ३ जना शेयर सदस्य रहेका छन् । कुल शेयर पुजि ३ करोड २ लाख ९२ हजार १ सय रहेको छ भने वचत तर्फ १ करोड ९५ लाख ८० हजार १ सय १६ रहेको छ ।
उक्त एघारौ साधारण सभाको अध्यक्षता सहकारीका अध्यक्ष गणेश वहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । सहकारीको प्रगति प्रतिवेदन अध्यक्ष गणेश वहादुर क्षेत्री र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पृथ्वीनाराण शर्माले पेश गर्नु भएको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष जित वहादुर नेपालीले र संचालन सहकारीका संचालक सदस्य मुनाशर्मा लामिछानेले गर्नु भएको थियो ।
साधारण सभा भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरि सम्पन्न गरिएको थियो । सरकारको घोषित निति अनुरुपको संख्यामा उपस्थितिमा कार्यक्रम संपन्न गर्नुपर्ने वाध्यताले सहकारीका सवै शेयर सदस्यहरुलाई आमन्त्रण नगरिएको सहकारीका सचिव लिलाधर तिवारीले जानकारी गाराउनु भयो । निर्वाचन प्रकृयाको संपुर्ण कार्य गरि नव निर्वाचित समितिको घोषणा निर्वाचन समितिका संयोजक हरिनारायण रेग्मीले गर्नु भएको थियो । सहकारीको विनियम वमोजिम उक्त नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको रहने उल्लेख गरिएको छ ।