६ असोज

नयाँदिल्ली । बलिउडका फिल्म निर्माता तथा निर्देशक अनुराग कश्यपलाई अभिनेत्री पायल घोषले यौन शोषण गरेको आरोप लगाएकी छन् ।

‘पाटेलकी पन्जाबी शादी’, ‘साथ निभाना साथीया’ जस्ता प्रोजेक्टमा काम गरिसकेकी पायलले आफूमाथि अनुरागले बलात्कार प्रयास गरेको आरोप लगाएकी हुन् । पायलले ट्वीटरमा यस्तो जिकिर गरेकी थिइन् । साथै प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै यसमा कारवाही गर्न आग्रह गरेकी छन् ।

यस्तै पायलले यस्तो आरोपपछि आफूमाथि सुरक्षा खतरा हुनसक्ने भन्दै सुरक्षाको माग समेत गरेकी छन् । अनुरागलाई गिरफ्तार गर्नुपर्ने पनि उनको माग छ । अभिनेत्री कंगना रनोटले पनि पायललाई साथ दिँदै अनुरागलाई पक्राउ गर्नुपर्ने प्रतिक्रिया दिएकी छन् ।

यस घटनालाई ‘मी टू’ अभियानसँग पनि जोडेर व्याख्या गरिएको छ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले भने अभिनेत्री घोषलाई यसको पूर्ण विवरण सहित उजुरी दिन आग्रह गरेकी छन् ।

‘तपाईँले मलाई मेरो इमेलमा विस्तृत उजुरी दिन सक्नुहुन्छ । महिला आयोगले यसलाई हेर्नेछ,’ अध्यक्ष शर्माले भनेकी छन् । अनुरागले भने यसबारे केही प्रतिक्रिया दिएका छैनन् । तर अभिनेत्री तापशी पन्नुले अनुराग यौन दुव्र्यवहार गर्ने किसिमको व्यक्ति नभएको भन्दै उनका साथ दिएकी छन् । अनुराग बरु असल महिलावादी फिल्म मेकर भएको भन्दै अनुरागले यस मामिलामा उनलाई समर्थन गरेकी छन् ।