२८ साउन

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

राष्ट्रिय इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत शुक्रबार आयोगका कर्मचारीको नमुना संकलन गरिएको थियो ।

आयोगका प्रमुख आयुक्त घिमिरेलाई संक्रमण भएको मंगलबार पुष्टि भएको हो । आयोगका प्रमुख आयुक्त घिमिरेसहित ४१ सुरक्षाकर्मी तथा अन्य कर्मचारीमा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।