२८ साउन

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । निस्दी गाउँपालिकाको ज्यामिरेबाट गल्धाका लागि छुटेको लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ ६ बजेतिर गल्धाको पटकसर नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुरप्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्याल काफलका ३ महिने बालकको मृत्यु भएको निस्दी गाउँपालिका ४ का वडा सदस्य रनबहादुर गाहाले जानकारी दिएका छन् । दुर्घटनामा परि निस्दी ५ गल्धा पटकसरका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु, निस्दी ४ मित्यालका २५ वर्षीया सिर्जना गाहा, २२ वर्षीया विष्णुमाया सारु घाइते भएका छन् ।

घाइतेहरुको उपचारका लागि सदरमुकाम तानसेन पठाएको रुक्सेभञ्ज्याङ प्रहरी चौकी मित्यालले जनाएको छ । गाडीमा चालकसहित १० जना रहेको स्थानीयले बताएका छन् । जीप सडकबाट करिब ७ सय मिटर तल खसेको थियो । दुर्घटनापछि चालक र सह–चालक भने फरार रहेको जनाइएको छ ।