२७ साउन
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४६२ जनामा गरेको पिसिआर परीक्षणबाट ६३८ नयाँ संक्रमित देखिएका हुन् । हालसम्म चार लाख ६२ हजार ६९८ जनाको पिसिआर परीक्षण भएको जनाइएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आज उपत्यकामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये काठमाडौँका १२१, लतिपुरका १२ र भक्तपुरका सात संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या १६ हजार ६६४ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको सङ्ख्या सात हजार २०१ रहेको छ ।