१६ पु्स
पर्वत । कूश्मा नगरपालिका वडा नं. ५ मा अवस्थित खेल मैदानको निर्माण कार्य तिव्र गतिमा अगाडी वढेको छ । कूश्मा ज्ञादी झोलुड्गे पूल साईडमा रहेको जमिनमा खेल मैदान निर्माण गर्न लागिएको हो । खेल मैदान निर्माण कार्यको अनूगमन गर्दै कूश्मा नगरपालिकाका नगर प्रमूख रामचन्द्र जोशीले अनूमानित ६० लाखको लागतमा निर्माण कार्य सम्पन्न गर्ने गरि श्रोतको खोजि भईरहेको वताउनू भयो । सुविधा सम्पन्न खेल मैदान निर्माणका लागी कूश्मा नगरले अगूवाई गर्ने वताउनू भयो । उहांले पर्वत जिल्लाको सदरमूकाम भएर पनि मेला महोत्सव र खेलकूदका लागी राम्रो मैदान नभएको अवस्थामा कूश्मा नगरको अग्रसरतामा संघिय सरकार, प्रदेश सरकार र सांसदहरु संग समन्वय गरि श्रोतको व्यवस्था गर्ने वताउनू भयो । तत्कालका लागी कूश्मा नगरको आन्तरिक श्रोत वाट काम शूरु गरिएको वताउदै सवै संग हातेमालो गरि निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाउनू भयो । ५ सय मिटर लम्वाई र ५० मिटर चौडाई भएको खेल मैदानमा डोजर लगाएर सम्माउने,ढुंङ्गा फुटाउने,साईडमा जाली भर्नेकाम भईरहेको छ ।

आगामी माघ ९ देखी १९ सम्म छैठौ पर्वत महोत्सव पनि उक्त स्थानमा लगाउने पर्वत उद्योग वाणिज्य संघले तयारी गरेको छ । जसका कारणले पनि निर्माण कार्य तिव्र गतिमा अगाडी वढाईएको छ ।
खेलमैदान निर्माणका लागी तत्कालिन खेलकूद विकास समितिले उक्त स्थानमा केहि भाग सम्माउने र जाली समेत लगाएको थियो । त्यस पछि उक्त स्थान वेवारिसे जस्तै वनेको थियो ।

सशसस्त्र द्धन्दको वेला वडागाउंमा रहेको खेल मैदानमा शसत्र प्रहरी चण्डीका गण स्थापना गरे पछि खेल मैदानको अभाव हूदै आएको छ ।