१५ जेष्ठ

कपिलवस्तु , कपिलवस्तु सदरमुकाम तौलिहवामा १ दिने निशुल्क आखा शिविर कार्यक्रम सम्पन्न गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नं १ को आयोजना तथा नेपाल नेत्र ज्योती संघ आखा अस्पतालको प्राविधीक सहयोगमा निशुल्क आखा शिविर संचालन गरिएको थियोे ।

शिविरमा आखा चेक जाच क्रममा ३३ जना लाई मोतिया विन्दु भएको भेटिएको थियो उत्त मोतिया विन्दु भएकाहरुलाई पछि आखा अस्पतालमा निशुल्क रुपमा शल्यक्रिया गरिने दृष्टी विशेषक प्रमोद यादले बताएका छन ।

यस्तै गरि १ नं वडालाई अगामी दिनमा पुर्ण रुपले दृष्टीविहीनता मुत्त वडा घोषणा गरिने वडा अध्यक्ष सुदिप पौडेलले बताएका छन । आखा चेक जाच गराएका २५ जना अति गरिव तथा जेष्ठ नागरीकहरुलाई निशुल्क चश्मा बितरण गरिएको पौडेलले जानकारी दिएका छन ।

एक दिने संचालन गरिएको शिविरमा २९५ जनाले आफ्नो आखा चेक जाच गराएका थिए, जसमा १६० जना महिला र १३५ जना पुरुषहरुले लाभ लिएका छन ।