२० वैशाख

काठमाडौं। आर्थिक वर्ष २०७६-७७को वार्षिक नीति तथा कार्यक्रम संघिय संसदमा पेश हुने भएको छ। प्रतिनिधीसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति बिद्यदेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

शुक्रबार चार बजे बस्ने संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गर्ने संघीय संसद सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ९५ उपधारा २ अनुसार राष्ट्रपतिले संसदको दुवै सदनको बैठकलाई सम्बोधन गर्ने छिन् ।