१९ वैशाख
पर्वत-एक विवाहित महिलालाई यौन दुव्र्यबहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले जलजला गाउँपालिका ३ माझफाँटका २८ बर्षिय दिपक छन्त्याल लाई नियन्त्रणमा लिएको छ ।
पिडित महिलाले आफु आफ्नै घरमा सुतिरहेको अवस्थामा घरमा नै पुगेर यौन दुव्र्यबहार गरेको आरोप छन्त्याललाई लगाएकी छिन् ।

आरोपित छन्त्याललाई पिडित महिलाको उजुरी पश्चात् बैशाख १८ गते जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको टोलीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा पर्वत जिल्ला अदालतबाट जबर्जस्ती करणी उद्योग कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको इन्सपेक्टर राजन रायमाझीले जानकारी दिनुभयो ।