१८ वैशाख

पर्वत । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा पर्वतको कुश्मा नगरपालिका–८ चुवामा अवस्थित मंगलोदय मा।विमा अध्ययनरत बालबालिकालाई बिद्यालय पोशाक वितरण गरिएको छ । १ सय ३० औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल टे«ड युनियन काँग्रेस जिल्ला कार्यसमिति पर्वतले विद्यालयमा अध्ययनरत ३६ जना श्रमिकका बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको हो ।

विद्यालयमा अध्ययनरत गरिव, दलित तथा श्रमिकका बालबालिकालाई पोशाक वितरण गरिएको नेपाल टे«ड युनियन काँग्रेसका जिल्ला अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिनुभयो । बालबालिकाको शैक्षिकस्तरमा सहयोग पु-याउने उद्देश्यले पोशाक वितरण गरिएको उहाँले बताउनुभयो  । बिद्यार्थीलाई पोशाक वितरण गर्दै कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले दिवसको अवसरमा सवै सच्चा मजदूरहलाई शुभकामना दिँदै अन्तराष्ट्रिय श्रमिक दिवसले श्रमिकहरुको हक, अधिकार र स्वतन्त्रतालाई सामुहिक रुपमा बुलन्द गरि श्रमिकहरुलाई एकताको सुत्रमा बाँध्न सहयोग गरेको बताउनु भयो । जोशीले कुनै पनि श्रमको सम्मान हुनुपर्ने र काम सानो ठुलो नहुने बताउनुभयो । बिदेशमा जस्तोसुकै काम पनि गर्न तयार हुने तर स्वदेशमा काम गर्दा भने अप्ठ्यारो मान्ने संस्कार त्याग्नुपर्ने नगरप्रमुख जोशीले बताउनुभयो । साथै उहाँले श्रमिकको हकहितका लागि आफ्नो तर्फवाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेस पर्वतका संस्थापक अध्यक्ष रुद्रवहादुर रिमाल, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य डाक्टर चुडामणि शर्मा, कुश्मा नगरपालिका–८ चुवाका वडाध्यक्ष राजकुमार क्षेत्री, मंगलोदय मा।विका प्रधानाध्यापक नागेश्वर उपाध्याय, नेपाल निजामती कर्माचारी युनियन संघका अध्यक्ष यामप्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।संस्थाका अध्यक्ष सुरेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल टे«ड युनियन काँग्रेस पर्वतका उपाध्याक्ष मोती च्वाई र कार्यक्रमको संचालन संस्थाका सचिव गोविन्द प्रसाद शर्माले गर्नुभएको थियो ।
विद्यालय पोशाक प्राप्त गरेका विद्यार्थी तथा अभिभावकहरुले खुशि व्यक्त गरेका थिए ।  कार्यक्रममा संस्थापक अध्यक्ष रुद्र वहादूर रिमाललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।