संजय रेग्मी
वैशाख १८, २०७५
पर्वत : बुधवार अपरान्ह हावाहुरी र असिना सहित भएको वर्षाले पर्वतका विभिन्न स्थानमा क्षति पु¥याएको छ । तीव्र बेगमा आएको हावाका कारण जिल्लाको फले वास नगरपालिका ३ शंकरपोखरीको चाम्लेश्वारमा स्थानीय बिन्दु गौतमको घरको छाना हावाले उडाउँदा परिवार नै विस्थापित भएको छ । स्थानीय प्रकाश गौतमले दिएको जानकारी अनुसार जोडसङ आएको हावाले गौतमको एक तले घरको छाना सबै उडाएको छ भने घरमा रहेका लत्ता कपडा सहित सबै अन्नपात भिजेका छन । कच्ची रूपमा निर्माण गरिएको घरको छाना उडाएपछि सङ्गीताको परिवारले छिमेकीको घरमा आश्रय लिएर बसिरहेको छ ।
यसैगरी, बर्षासंगैको असिनाका कारण जिल्लाका विभिन्न स्थानमा व्यावसायिक रूपमा गरिएको कृषि बालीहरूमा क्षति पुगेको छ । महाशिला गाउँपालिकाको फलामखानी, भोक्सिङ फलेवास नगरपालिकाको भँगरा, शंकरपोखरी मोदी गाउँपालिकाको देउपुर, क्याङ, लेस्पार जलजला गाउँपालिकाको बाँसखर्क बनौँ लगायतका क्षेत्रमा लगाइएका तरकारी बालीमा ठुलो क्षति भएको स्थानीय कृषकले जानकारी दिएका छन् । यो सिजनमा लगाइएका काँक्रा, मकै, बन्दा, आलु, टमाटर लगायतका बालीहरू असिनाले चुटेका कारण ठुलो क्षति भएको हो। असिनाले तरकारी वाली नष्ट गरेपछि व्यावसायिक रूपमा तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका कृषकहरू चिन्तामा परेका छन् ।