ठाकुर रसाइली
वैशाख १८, २०७५
पर्वत : जापान जान चाहाने विद्यार्थीहरुलाई मध्यनजर गरेर पर्वत सदरमुकाम कुश्मा बजारमा एक दिने जापानिज सेमिनार सम्पन्न भएको छ । जापानिज भाषा अध्यापन गराउँदै आएको सक्सेस ल्याङग्वेज इन्सिटच्यूटको आयोजनामा सेमिनार राखिएको हो । उक्त सेमिनारमा जापान जान चाहाने विद्यार्थीहरुले ध्यान दिनुपर्ने कुरा, जापान गैसकेपछि आउन सक्ने आउन सक्ने चुनौति, जानुपूर्व अपनाउनुपर्ने पूर्व सावधानीहरुको बिषयमा सहभागीहरुलाई जानकारी गराईएको थियो । कार्यक्रममा निल्स कलेज जापानका नेपाल संयोजक सुवास घिमिरे र गोज एजुकेशनल कन्सलटेन्सी काठमाण्डौका व्यवस्थापक दिपेन्द्र पराजुलीले जापानमा रहेका बिभिन्न प्रावधान र नियमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

सक्सेस ल्याङग्वेज ईन्सटीच्यूटका संचालक आर.सी. सुवेदीको अध्यक्षतामा भएको सेमीनारमा स्वागत मन्तब्य याम परियार शिवले गर्नुभएको थियो भने कार्यक्रमको संचालन संचारकर्मी ठाकुर रसाइलीले गर्नुभएको थियो । उक्त कार्यक्रमको संयोजन ईन्सटीच्यूटका संचालक केन्द्र सुवेदीले गर्नुभएको थियो ।